महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते
बैतडी | असोज १७, २०७९
बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका-६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय जनक थलाल रहेका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी नायव निरीक्षक मानसिंह पन्तले जानकारी दिनुभयो ।
गोकुलेश्वरबाट देहिमाडाँैतर्फ गइरहेको टेस्टरिक्सा दुर्घटना भएको हो ।
महाअष्टमीमा यात्रु आज देहिमाडौैंस्थित निङ्लासैनी भगवति मन्दिरमा लाग्ने मेला हेर्न जाँदै थिए । तिब्र गतिका अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको बताइएको छ । अटोरिक्सा सडकबाट ५०० मिटर तल खसेको थियो ।
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

